
महासंघले आगामी फागुनमा आयोजना गर्न लागेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका विषयमा जानकारी गराउन सोमबार महासंघ सचिवालयमा गरिएको पत्रकार सम्मेलनमा राणाले उक्त दाबी गरेकी हुन् ।
निजी क्षेत्रले अब मुलुकको आर्थिक विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उनले बताइन् ।
स्थानीय तहमा रहेको सम्भाव्यताको उजागर गर्न, घरघरमा उद्यमशीलता प्रवद्र्धन गर्न र आम नेपाली जनताको आर्थिक क्रयशक्ति बढाउन महासघले सरकारको सहयोगमा महोत्सवको थालनी गरेको उनले उल्लेख गरिन् ।
व्यापार मेला महोत्सवले लोकप्रियता कमाउँदै गएको र मुलुकका कुनाकुनामा आर्थिक जागरण आएकोसमेत उनको दाबी छ ।
वाणिज्य मन्त्रालयको सहयोगमा महासंघले गर्दै आएको ‘अन्तर्राष्ट्रिय व्यापार मेला’को सातौं संस्करण राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा आगामी फागुन २४ देखि २८ गतेसम्म चल्नेछ ।
३०० भन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने जनाइएको छ ।
मेलाको २ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्