पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा • Image Khabar Image Khabar


पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा


Imagekhabar
१६ माघ २०७४, मंगलवार १५:०३

पुरानै मानसिकताका नेताले मुलुक सन्चालनको जिम्मा पाए : कमल थापा

पछिल्लोपटकको निर्वाचनबाट पनि पुरानै मानसिकता र प्रवृत्तिका नेताले मुलुक सन्चालनको जिम्मा पाएकाले राष्ट्रियता, अखन्डता, स्थायित्व र समृद्धिप्रति आम नागरिक विश्वस्त हुन नसकेको उनको भनाइ छ ।

सहिद दिवसको अवसरमा मंगलबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीमा गरेको श्रद्धाञ्जलिसभामा उनले जिम्मेवार दल र तिनका नेताको अकर्मन्यताका कारण मुलुक संकटको चक्रब्यूहमा फसिरहेको दाबी गरे ।

उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राजनीतिक र दलगत आस्थाका आधारमा सहिद घोषणा गर्ने परिपाटीले सच्चा सहिदको अपमान भइरहेको बताए ।

बाह्यशक्तिको चलखेल, मौलाउँदो भ्रष्टाचार रोक्न र राष्ट्रको अखन्डता जोगाउन दलगत स्वार्थ त्यागेर काम गर्न दलहरुलाई उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्