
पर्वतको कुस्माबजारमा सन्चालित सहिद स्मारक आवासीय माविले सहिद दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले अन्य दल सरकारमा हुँदा गरेका निर्णय वैधानिक हुने तर नेपाली कांग्रेसको सरकारले गरेका निर्णय अवैधानिक हुने भन्ने तर्क हास्यास्पद हुने जिकिर गरे ।
प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेको नेकपा एमालेलगायतका दलले सरकारले पछिल्लो समय गरेका निर्णय अवैधानिक भएको र खारेज गर्ने बताइरहेका बेला मन्त्री विश्वकर्माले सरकारको निर्णयको बचाउसमेत गरेका थिए ।
वाणिज्यमन्त्री विश्वकर्माले भने–‘सिंहदरबारमा बसेर सरकारले गरेका सबै निर्णय वैधानिक हुन् ।’ उनले सरकार छाडेर हिँडेपछि निर्णय गरेको भएमात्रै अवैधानिक हुने जिकिर गरे ।
पछिल्लो चुनावमा पनि नेपाली कांग्रेसले लोकप्रिय मत पाएको दाबी गर्दै उनले आफू मन्त्री भएपछि वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने खालका धेरै दूरगामी निर्णयसमेत गरेको दाबी गरे । रासस
प्रतिक्रिया दिनुहोस्