
योसँगै १५ मेगावाट विद्युत् बुधबार (आज)देखि राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।
अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युत्को परीक्षण माघ २७ मा गरिने बताउँदै त्यसपछि दुईओटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिए ।
आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ ।
रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्