
रुकुम, मुसिकोट नगरपालिका–४ सोलावाङका किसानले अर्गानिक खेती सुरु गरेका हुन् ।
सोलावाङमा अहिले महिला कृषक पाठशाला समूह गठन गरी गाउँबाटै अर्गानिक तरकारी खेतीको सुरुआत गरिएको हो ।
सोलावाङका किसानले आलु, मुला, प्याज, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, काँक्रोलगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।
खेती गर्दा रासायनिक विषादी प्रयोग नगरेको कृषक कल्पना पुनले बताइन् । रासायनिक विषादी प्रयोग गरेको तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले आफूहरुले जैविक विषादी प्रयोग गर्न थालेको किसानहरु बताउँछन् ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत् कृषकहरुलाई अर्गानिक खेतीमा जोड दिँदै बालबालिकाको स्वास्थ्यमासमेत सुधार ल्याउन यस्तो प्रकारको कार्यक्रम लागू गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका जिल्ला प्रमुख पुरुषोत्तम अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्