
राष्ट्रपति पद सम्हालेयता पहिलोपटक अमेरिकाको दुवै सदनको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै उनले अमेरिकालाई फेरि महान् बनाउन ‘ह्वाइट हाउस’ लागिपरेको जिकिर गरे ।
सुरक्षित, बलियो र गौरवशाली अमेरिका बनाउन ह्वाइट हाउस लागिरहेको भन्दै उनले ‘अमेरिकी सपनामा बाँच्न यो राम्रो समय भएको’ दाबी पनि गरे ।
‘स्टेट अफ द युनियन स्पीच’ भनिने उक्त सम्बोधन संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’मा भएको हो ।
दुवै सदनका सदस्य उपस्थित सम्बोधनमा ट्रम्पले आफ्नो कार्यकालमा भएको कर कटौतीको विषयलाई उपलब्धि भन्दै त्यसले मध्यमवर्गका अमेरिकीलाई राहत दिएको जिकिर गरे ।
उनले संसदमा विचाराधीन आप्रवासनसम्बन्धी मुद्दामा रिपब्लिकन र डेमोक्र्याट्ससँग मिलेर काम गर्न चाहेको पनि उल्लेख गरे ।
पहिलो वर्षको कार्यकालमा राष्ट्रपतिले आफ्नो मन र मस्तिष्क दुवैले शासन गर्नुपर्दो रहेछ भन्ने पनि आफूले सिकेको उनले बताए ।
उनले ओबामा प्रशासनले बन्द गराएको ग्वान्तानामो बन्दीगृह फेरि खोल्ने घोषणा पनि गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्