१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओलीले अब बालकोटमा भेटघाट नगर्ने


0
Shares

निजीनिवास बालकोट भक्तपुरमा भिडभाडका कारण असहजता देखिएको भन्दै बुधबारदेखि ओलीले नियमित भेटघाटका कार्यक्रम सिंहदरबार र पार्टी कार्यालय धुम्बाराहीबाट गर्न सुरु गरेका हुन् ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ३ बजेसम्म करिब चार घन्टा समय अध्यक्ष ओलीले नियमित भेटघाटका लागि छुट्याएको उनका स्वकीयसचिव अनीश दाहालले जानकारी दिए ।

दाहालका अनुसार ओलीले बालकोटस्थित निजीनिवासमा अत्यावश्यकीय र विशिष्ट प्रकृतिको भेटघाट मात्र गर्नेछन् । –नयाँ पत्रिका दैनिकबाट