२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सडक पुगे पनि स्थानीय पैदल यात्रा गर्न बाध्य


0
Shares

सडक भएर पनि उनीहरुले पैदलै यात्रा गर्नुपर्दा समस्या भएको हो ।

जिल्लाको खप्तड छान्ना र मष्टा गाउँपालिकाका केही वडा र थलारा गाउँपालिकासम्म सवारीका साधन सञ्चालन गर्न काठेपुलसमेत निर्माण गरिएको छ ।

काठे पुलको सहायताले सेती नदी पारिका गाउँपालिकाका केही वडाहरुमा मात्रै सवारीका साधन सञ्चालनमा आएका छन् ।

तर, अन्य ठाउँमा यातायात व्यवसायीले सवारी साधन सञ्चालन गरेका छैनन् ।

खप्तड छान्ना गाउँपालिकाको बयाना, बडाकोट, गडरायल, बुंगल नगरपालिकाको दहबगर, कफलसेरीलगायतका स्थानमा सडक भएर पनि सवारी साधन सञ्चालन भएका छैनन् ।

यस्तै थलारा गाउँपालिकाको मालुमेला, उदुकाली र जयपृथ्वी नगरपालिकाको कैलास, पणेशलगायतका ठाउँमा पनि सवारीका साधनहरु सञ्चालनमा आएका छैनन् ।

सडक बनाउने काम तिब्र रुपमा गरे पनि गाउँपालिका तथा अन्य सरोकार निकायले सवारीका साधन सञ्चालनमा चासो नदिएको स्थानीयको भनाई छ ।

सवारीका साधन सञ्चालन नहुँदा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन समस्या भएको गुनासो किसानको छ ।

अहिले पनि यहाँका बासिन्दाले सामान ओसार–पसार गर्न खच्चडको भर पर्नुपरेको छ ।