१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


५ वर्षीया बालिका बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ


0
Shares

बुटवल, मंसिर २२ । रुपन्देहीको देवदहमा ५ वर्षीया एक बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही, देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री छन् ।

शुक्रबार राति खेलिरहेकी बालिकालाई ललाइ–फकाइ घरबाट केही पर लगेर बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

पीडित बालिकाको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पक्राउ परेका खत्रीले अपराध स्वीकार गरेको र बालिकाले पनि उनको पहिचान गरेको प्रहरीले दाबी गरेको छ ।