
वि.सं. २०७५ देखि सातओटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सन्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले जानकारी दिए ।
उनकाअनुसार चाँडै नै प्रदेशबाट परीक्षा सन्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुनेछ ।
‘हामी अहिले सातओटै प्रदेशबाट एसइई परीक्षा सन्चालनको तयारी गर्दैछौं’–उनले भने–‘चाँडै नै निर्णय गरेर सन्चालनको व्यवस्था गर्छौं ।’
उनकाअनुसार एउटै मितिमा सन्चालन भएपनि सातओटै प्रदेशमा सन्चालन हुने एसइईका प्रश्नपत्र फरक रहनेछन् । परीक्षाफल भने सँगै प्रकाशन गरिनेछ ।
मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवौं संशोधनमा पनि प्रदेशस्तरमा एसइई सन्चालन भएअनुसार प्रदेशबाट सन्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताइन् ।
प्रदेशबाट एसइई सन्चालनका लागि ६ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्