पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश « Image Khabar


पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश



न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

उनकाअनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नम्बर–१२ गोलखाँडा सार्ने निर्णय गरेको थियो ।

अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदकका तर्फबाट कानुन व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गरेका थिए । रासस