भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, भनिन्–‘विशेष एजेन्डा छैन’ • Image Khabar Image Khabar


भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, भनिन्–‘विशेष एजेन्डा छैन’


Imagekhabar
१८ माघ २०७४, बिहीबार १७:१८

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा, भनिन्–‘विशेष एजेन्डा छैन’

बिहीबार अपराह्न विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले भ्रमणको कुनै विशेष एजेन्डा नभएको बताइन् । मित्रहरुसँग भेटघाटका लागि आफू नेपाल आएको उनको भनाइ थियो ।

उनलाई विमानस्थलमा अर्थ राज्यमन्त्री उदयशमशेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीलगायतले स्वागत गरेका थिए ।

यहाँ रहँदा विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टा–छुट्टै शिष्टाचार भेट गर्नेछिन् ।

यस्तै, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, मधेसकेन्द्रित राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नेछिन् ।

स्वराजको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । उनी शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्