१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कामचलाउ सरकारले ‘जथाभावी’ निर्णय गरेको भन्दै भर्त्सना


0
Shares

बिहीबार भक्तपुर, बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले वर्तमान सरकारका निर्णयहरु असान्दर्भिक र अलोकतान्त्रिक भएको भन्दै भर्त्सना गरेको हो ।

बैठकले कार्यदलले बुझाएको प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको बैठकपछि बैठकमा सहभागी एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको सम्बन्धमा शीर्ष नेताहरुबीच छलफल भइरहेको भन्दै बैठकमा सहभागी नेताहरुले छलफल जारी रहेको बताए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको विषयमा सोधिएको प्रश्नमा नेताहरुले भ्रमणलाई सकरात्मकरुपमा लिनुपर्ने बताए ।