भारतमा २४४ खर्बको बजेट प्रस्तुत्, महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा • Image Khabar Image Khabar


भारतमा २४४ खर्बको बजेट प्रस्तुत्, महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा


Imagekhabar
१८ माघ २०७४, बिहीबार १९:२५

भारतमा २४४ खर्बको बजेट प्रस्तुत्, महत्वाकांक्षी स्वास्थ्य बिमा योजना घोषणा

भारतीय वित्तमन्त्री अरुण जेट्लीले भारतीय संसदमा २४४ खर्ब भारुको बजेट पेस गरेका हुन् ।

‘अपरेसन ग्रीन्स’को नारा अघि सार्दै कृषि क्षेत्रमा ६ खर्ब ३८ अर्ब रुपैयाँ छुट्याइएको छ ।

यस्तै, बजेटमार्फत् महत्वाकांक्षी स्वास्थ्य बिमा योजना पनि घोषणा गरिएको छ । यसबाट स्वास्थ्य सेवाको पहुँचमा पुग्न असमर्थ तर आवश्यक पर्ने ५० करोडभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

भारतमा अहिले कुल गार्हस्थ उत्पादनको एक प्रतिशतभन्दा केही बढीमात्र स्वास्थ्य सेवामा खर्च हुने गरेको छ । स्वास्थ्य योजना ग्रामीण मतदातामाझ लोकप्रिय हुने विश्वास गरिएको छ ।

वित्तमन्त्री अरुण जेट्लीले वार्षिक बजेट सार्वजनिक गर्दै अर्को वर्ष हुने आमचुनावअघि ७.५ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरे ।

उनले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र ग्रामीण संरचनाका लागि अर्बौं डलर रकम बजेटमा छुट्याएका छन् ।

यस्तै, बजेटमा महिलाहरुका लागि पनि ठूला योजनाहरु सार्वजनिक गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्