Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


विद्युत् चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’ : कुलमान


0
Shares

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौंदेखि संगठितरुपमा विद्युत् चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत् चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताएका हुन् ।

‘राजधानीकै उपभोक्ता संगठितरुपमा विद्युत् चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइज्जती हो’ भन्दै १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरे ब्ल्याक आउट गर्न बाध्य हुने घिसिङले चेतावनी दिए ।

त्यसपछि जस्तोजुकै ठूलो दबाब आएपनि प्राधिकरण निर्णयबाट पछि नफर्कने भन्दै उनले राजधानीलाई विद्युत् चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिनेमा पनि जोड दिए ।

ललितपुरको भित्री सहरी क्षेत्र पर्ने पाटन स्थानीय फिडरअन्तर्गत् लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछेलगायतका स्थानमा संगठितरुपमा विद्युत् चोरी भइरहेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताएको जनाइएको छ ।

ती क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत रहेको जनाइएको छ ।