१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


व्यापारीलाई कुटपिट गरी १२ लाख लुटेको अभियोगमा एक व्यक्ति पक्राउ


0
Shares

दाङ, मंसिर २२ । दाङमा व्यापारीलाई कुटपिट गरेर १२ लाख रुपैयाँ नगद लुटेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

घोराही उपमहानगपरपालिका वडा नम्बर–५ का ५६ वर्षीय मानसिंह ओलीको रकम लुटपाट गरेको आरोपमा दाङकै राजपुर गाउँपालिका वडा नम्बर–५, सालभौरी निवासी ३५ वर्षीय डिल्लीबहादुर रोकाया पक्राउ परेका हुन्  ।

गत मंसिर १९ गते बेलुकाको समयमा रोकायासहित ४/५ जना व्यक्तिले आक्रमण गरी ओलीको साथबाट उक्त रकम लुटेको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ परेका रोकायाको साथबाट नगद १० लाख ५० हजार रकमसमेत बरामद भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।