२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतीय विदेश मन्त्री स्वराजले आज राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई भेट्ने


0
Shares

उनले केहिबेरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै छिन् ।

यसअघि, बिहीबार विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा करीब पौने घन्टा भेटवार्ता गरिन् ।

एक्ला एक्लै वार्तापछि दुई पक्षबीच सामूहिक वार्ता भएको थियो ।

भेटमा एमालेकातर्फबाट एमाले महासचिव इश्वर पोखरेल, नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल, प्रदिप ज्ञवाली लगायतका नेता सहभागि थिए ।

नेकपा एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रीभोज नै आयोजना गरेको थियो ।

भारतीय विदेशमन्त्री स्वराजले होटल सोल्टीमै संघीय समाजवादी फोरम र राजपाका नेताहरुलई पनि भेटिन् ।

स्वराजले आपूm सद्भावना भ्रमणमा आएको र कुनै विशेष एजेण्डा नरहेको बताएकी छिन् ।

नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बेलामा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी फागुनमा हुनसक्ने संभावित नेपाल भ्रमणको तयारीको रुपमा समेत हेरिएको छ ।