
होटल सोल्टीमा भएको भेटमा हालैसम्पन्न निर्वाचन परिणाम, सरकार गठनको तयारी, नयाँ सरकारसँगको सम्बन्धका बारेमा छलफल भएको भेटपछि अध्यक्ष दाहालले बताए ।
भेटमा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले निर्वाचनमा बहुमत पाएकामा सकारात्मक रुपमा लिँदै नेपालको राजनीतिक स्थायित्वका पक्षमा भारत रहेको बताएको दाहालले जानकारी दिए ।
नयाँ सन्दर्भमा मुलुकको राजनीति अब कसरी अगाडि बढ्छ भन्नेबारे छलफल भएको र आफूले छिमेकीसँग राम्रो सम्बन्ध विकास गर्ने चाहना नेपालको रहेको बताएको दाहालले जानकारी दिए ।
यसअघि, विहीबार विदेशमन्त्री स्वराजले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग होटल सोल्टीमा करीब पौने घन्टा भेटवार्ता भएको थियो ।
एक्ला एक्लै वार्तापछि दुई पक्षबीच सामूहिक वार्ता पनि भएको थियो ।
उक्त अवसरमा एमालेले स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रीभोज नै दिएको थियो ।
विदेशमन्त्री स्वराजले होटल सोल्टीमै संघीय समाजवादी फोरम र राजपाका नेताहरुलाई पनि भेटिन् ।
नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बेलामा भएको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्