२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कलंकी–खसीबजार ‘अन्डरपास’को निर्माण अन्तिम चरणमा


0
Shares

आगामी ६ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

कलंकी–कोटेश्वर सडक निर्माण द्रुतगतिमा अघि बढेको र अन्डरपास निर्माण पनि त्यही गतिमा भइरहेको छ ।

‘जम्मा ८०० मिटर सडकमा अन्डरपास निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडकमुनि रहेको अन्डरपास ८ लेन हुनेछ’–उनले भने–‘मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।’

सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्रयाक पनि माथि नै हुने इन्जिनियर अर्याल बताउँछन् ।

अरु सामान्य सडक निर्माणभन्दा अन्डरपासको निर्माण तुलनात्मकरुपमा महँगो भएको उनी बताउँछन् ।

कोटेश्वर–कलंकी सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब हो । अन्डरपासलाई कलंकी–थानकोट सडकको जाम हटाउने उपायकारुपमा हेरिएको छ ।

इन्जिनियर अर्याल भन्छन्–‘उपत्यकाभित्रै र बाहिर आउने–जाने यात्रीले अब घन्टौं जाममा फस्नुपर्नेछैन ।’

चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलंकी सडक निर्माणको ठेक्का लिएको छ ।

भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म कामसक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । रासस