प्रदेश–३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना • Image Khabar Image Khabar


प्रदेश–३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १७:०२

प्रदेश–३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना

सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुखसचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले शुक्रबारै पदबहाली गरेका छन् ।

पदबहालीपछि आयोजित कार्यक्रममा उनले प्रदेश नम्बर–३ मा मन्त्रिपरिषदसहित सातओटा मन्त्रालय रहने जानकारी दिए ।

प्रदेश नम्बर–३ मा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी सातओटा मन्त्रालय रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्