सुनको मूल्य पुनः उकालो, तोलाको ५८ हजार नजिक • Image Khabar Image Khabar


सुनको मूल्य पुनः उकालो, तोलाको ५८ हजार नजिक


Imagekhabar
१९ माघ २०७४, शुक्रबार २१:०८

सुनको मूल्य पुनः उकालो, तोलाको ५८ हजार नजिक

अन्तर्राष्ट्रिय बजार पछ्र्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलाको ७६० रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४८ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्