
सरकारले हरेक स्थानीय तहमा वाणिज्य वैंकको पहुँच विस्तार गर्ने नीति लिए पनि शहीदभूमि गाउँपालिकामा भने अझैसम्म कुनै पनि बैंक तथा वित्तीय संस्था पुग्न सकेका छैनन् ।
बैंक नभएका कारण गाउँपालिकाद्वारा सञ्चालित योजना, कर्मचारीको तलवभत्ताको भुक्तानी लिन सदरमुकाम धाउनुपर्ने वाध्यता छ ।
गाउँपालिकाबाट सञ्चालित विकासका योजना तथा कार्यक्रमको खाता सदरमुकाम धनकुटास्थित राष्ट्रिय वाणिज्य वैंकको शाखामा छ ।
७ वटा वडा रहेको शहीदभूमी गाउँपालिका भौगोलिक विकटताका कारण कतिपय वडाबाट गाउँपालिका पुग्न आधा दिनभन्दा बढी समय लाग्ने गर्छ ।
गाउँपालिकावाट चेक बुझेर सदरमुकाम पुगेर गाउँ फर्किन दुई दिनभन्दा बढी समय लाग्ने गरेको स्थानीय बताउँछन् ।
बैकिङ सुविधा नहुँदा योजनाको काममा असर पुगेको शहीदभूमी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्दिरा न्यौपानेले जानकारी दिइन् ।
शहीदभूमी गाउँपालिकामा चालु आर्थिक वर्ष २०७४/७५ मा योजना तथा कार्यक्रम सञ्चालन गर्न २२ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्