९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


सुरिलो स्वरले एक दशक अघि चम्किएका कृष्ण प्रसाईंको ‘कम ब्याक’


0
Shares

काठमाडौं, जेठ १७ । करिब डेढ दशक अघि ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ गायन प्रतियोगितामा उपाधि चुमेका कृष्ण प्रसाई लामो समयको विश्रामपछि फेरि सांगीतिक क्षेत्रमा सक्रिय देखिएका छन् ।

गायन प्रतियोगितामा सर्बोउत्कृष्ट घोषित भएलगत्तै ‘संकेत’ एल्बम लिएर स्रोतामाझ आएका कृष्ण घरायसी र व्यवहारिक समस्याका कारण गुमनामझैं रहे पनि पुनः सांगीतिक कार्यक्रमहरुका देखिन थालेका हुन् ।

केही साता अघि इलामको सूर्योदय नगरपालिकामा आयोजित सडक महोत्सवमा स्टेज तताएर सबैको ताली पाएका कृष्णले भर्खरै नयाँ गीतको भिडियो पनि सार्बजनिक गरेका छन् ।

त्यतिमात्र नभइ उनले भर्खरै ‘बल्छी ध्रुवे’ चलचित्रमा पनि स्वर दिएका छन् । उक्त चलचित्र छांयाकनको तयारीमा छ ।

रमेश क्षितिजको शब्द र बसन्त मुकारुङको संगीतमा तयार गीत ‘तिमी विना’, सुमन दियालीको शब्द संगीतमा रहेको ‘मेरो एक्लो यात्राले’, गणेश गुरुङको शब्द र तुलसी बस्नेतको संगीतमा रहेको ‘देखे उनलाई मुटु दुख्छ’ लगायतका दर्शन बढी गीतमा स्वर भरेका कृष्ण अब निरन्तर सांगीतिक क्षेत्रमै सक्रिय रहने बताउँछन् ।

‘धेरैको माया, हौसला र साथ पाउँदा पाउँदै पनि व्यवहारिक समस्यले केही समय निस्क्रिय बस्नुपरेकोमा माफी चाहन्छु, अब मेरो सांगीतिक यात्रा निरन्तर अघि बढ्छ,’उनले ।

हालै मात्र छाया क्षितिजको ‘तिमी चट्टान जस्तै’ गीतमा स्वर दिएर उनले भिडियो पनि तयार पारेका छन् ।

इलामको सूर्योदय नगरबासी कृष्ण यतिबेला काठमाडौंमै बसेर संगीत साधना गरिरहेका छन् । –युवराज गौतम