
शंखमुलमा रहेका पाँचवटा टोल सुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले प्रजातन्त्रको लागि लडेको पार्टी प्रजातान्त्रिक पद्दती अनुसार चल्न नसक्दा कमजोर भएको बताए ।
‘अब पार्टीलाई जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, त्यसका लागि म लड्नेछु,’ उनले भने ।
पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको दुई वर्ष वित्दापनि पार्टीको केन्द्रीय समिति, पदाधिकारी र विभागले पूर्णता नपाउनु दुःखद कुरा भएको बताए ।
उनले जनताको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पारे । ‘हामी संसदमा राम्रो काम गर्नेलाई सहयोग र नराम्रो काम गर्नेलाई खबरदारी गर्छौ’, नेता सिंहले भने ।
काठमाडौं क्षेत्र नं १ का सांसद सिंहले आफ्नो क्षेत्रका समस्यालाई संसदमा राख्नका लागि मतदाताले बेलाबेलामा जनप्रतिनिधीको खबरदारी गर्नुपर्ने उल्लेख गरे ।
उनले राष्ट्रिय गौरवका योजनालाई सरकारले निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्