२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेशसभा बैठक: प्रदेश नम्बर ६ को सभा भवन झकिझकाउ (भिडियो)


0
Shares

प्रदेश सरकारका संरचना व्यवस्थापनको जिम्मा पाएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतलाई प्रदेशको अस्थायी संसद भवन सजावट गर्न भ्याइनभ्याइ भएको छ ।

प्रदेश नम्बर ६ को आइतबार बस्ने पहिलो प्रदेशसभा बैठक बस्ने स्थान मध्यपश्चिमाञ्चल सिँचाई डिभिजनको सभाहलमा सिंगार तथा रंगरोगनको काम तिव्र पारिएको छ ।

स्थायी प्रदेश संसद्का लागि शैक्षिक तालिम केन्द्रलाई छनोट गरिए पनि त्यहाँ आवश्यक तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि यो भवन छनोट गरिएको हो ।

प्रदेशसभाको भवनमा रंगरोगन, सभामुख कक्ष, साउण्ड सिस्टम जडान, सुरक्षाको ब्यारेक स्थापना, फर्निचर व्यवस्थापनको काम भइरहेको प्रदेश सचिव भरत ढुंगानाले बताए ।

प्रदेश संसद्को पहिलो बैठकका लागि सचिवालयले आवश्यक गृहकार्य समेत गरिरहेको छ ।

बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलोसभाको कार्य तालिका समेत तय गरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रदेश नम्बर ६ को ४० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २०, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् ।

(भिडियो)