रानी हुँदै इटहरी-धरान जोड्ने ६ लेनको सडक विस्तार रोकियो • Image Khabar Image Khabar


रानी हुँदै इटहरी-धरान जोड्ने ६ लेनको सडक विस्तार रोकियो


Imagekhabar
२० माघ २०७४, शनिबार १३:५३

रानी हुँदै इटहरी-धरान जोड्ने ६ लेनको सडक विस्तार रोकियो

व्यापारिक मार्ग विस्तार आयोजना इटहरी कार्यालयका इन्जिनियर सुमोद पोखरेलले बजेट अभावले निर्माण कम्पनीको बील भुक्तानी गर्न नसक्दा विस्तारको काम रोकिएको बताए ।

४९ कि.मी. लामो सडकको १० अर्ब ९८ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीलाई साढे एक अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको आयोजनाले जनाएको छ ।

अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्वीकृति तथा श्रोत सुनिश्चितता नदिएकोले यो सडक पूर्वाञ्चलको मुख्य व्यापारिक मार्ग भएतापनि ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्