‘उत्तर कोरियाले म्यानमारलाई ब्यालेस्टिक क्षेप्यास्त्र दियो’ • Image Khabar Image Khabar


‘उत्तर कोरियाले म्यानमारलाई ब्यालेस्टिक क्षेप्यास्त्र दियो’


Imagekhabar
२० माघ २०७४, शनिबार १६:०२

‘उत्तर कोरियाले म्यानमारलाई ब्यालेस्टिक क्षेप्यास्त्र दियो’

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर कोरियाले विभिन्न वस्तु निर्यात गरेर अघिल्लो वर्ष २० करोड अमेरिकी डलर आम्दानी गरेको खुलासा भएको हो ।

विज्ञहरुले तयार पारेको प्रतिवेदनमा चीन, रुस र मलेसियासहितका मुलुकले उत्तर कोरियाबाट हुने निर्यात रोक्न नसकेको उल्लेख छ ।

उत्तर कोरियाले सिरिया र म्यानमारमा हतियार पठाएको तथ्य फेलापरेकोसमेत जनाइएको छ ।

चीन, मलेसिया, दक्षिण कोरिया, रुस र भियतनामले उत्तर कोरियाबाट कोइला खरिद गरेका छन् ।

सिरियालाई रासायनिक हतियार निर्माण गर्न सहयोग गरिरहेको र म्यानमारलाई उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको दाबी गरिएको छ । म्यानमार र सिरियाका अधिकारीहरुले भने यस्तो दाबी अस्वीकार गरेका छन् ।

सिरियाली अधिकारीहरुले भने खेलकुद सामग्रीमात्रै उत्तर कोरियाबाट ल्याएको जिकिर गरेका छन् ।

विभिन्न बहुराष्ट्रिय तेल कम्पनीमाथि उत्तर कोरियालाई पेट्रोलियम पदार्थ बिक्री गर्न भूमिका खेलेको विषयमा पनि अनुसन्धान जारी छ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम नरोकेको भन्दै राष्ट्रसंघ, अमेरिका र यूरोपेली युनियनले कडा प्रतिबन्ध लगाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्