साताको नेप्से सामान्य अंकले सुधारियो • Image Khabar Image Khabar


साताको नेप्से सामान्य अंकले सुधारियो


Imagekhabar
२० माघ २०७४, शनिबार २०:२०

साताको नेप्से सामान्य अंकले सुधारियो

साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा साढे ५ अंकले सुधारिएर १४ सय ११ विन्दु कायम भयो ।

यो साता जलविद्युत् समूहबाहेक अरु कारोबार भएका सबै समूह सुधारिए । बिमा समूह सबैभन्दा उच्च ४६ अंकले बढ्यो भने जलविद्युत् समूह ८ अंकले झर्‍यो ।

यो साता कारोबार परिमाणमा भने गिरावट आयो । यो साता १ सय ७२ कम्पनीका ३४ लाख ७३ हजार कित्ता सेयर १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भयो ।

गत साता १७७ कम्पनीका ५० लाख ५९ हजार कित्ता सेयर १ अर्ब ७३ करोड ९० लाख बराबरमा कारोबार भएको थियो । कारोबार रकम गत साताकोभन्दा २१ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा सानिमा माई हाइड्रोपावर, कारोबार भएको सेयर संख्याको आधारमा नेपाल बैंक र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहे ।

यो साता काबेली विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक र लक्ष्मी बैंकको बोनस सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्