साताभर सुन ४०० ले महँगियो « Image Khabar


साताभर सुन ४०० ले महँगियो



आइतबार तोलाको ५७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ४०० ले बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार तोलामा ४०० ले कमी आएको थियो भने बुधबार र बिहीबार बढेको थियो ।

यो साता चादीको भाउ भने तोलाको ७६० रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।