२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


जुम्ला-डोल्पा सडक खण्डमा पुल नबन्दा सास्ती


0
Shares

गत असारमै बनाइसक्नुपर्ने पुल निर्माण अझै अधुरो छ । चार करोडको लागतमा २०६७ सालबाट थालिएको पुलको काम अझै नसकाइएको हो ।

पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत कठीन भएको छ ।

राज्यले कर्णालीलाई शदीयौंदेखि सौतेनी व्यवहार गर्दै आएको स्थानीय गुनासो गर्छन् ।

डोल्पाबासीले कहिले गाडी देख्न पाउने हो जवाफ दिन उनीहरु सरकारसँग आग्रह गर्दछन् ।

सात वर्ष हुँदा पनि पुल सम्पन्न नगरेकामा स्थानीय रुष्ट बनेको लालभक्त बोहोरा बताउँछन् ।  

स्थानीय जग्गाधनीले काममा अवरोध गरेपछि कामले गति लिन नसकेको ठेकेदार तारासिंह कठायतको तर्क छ ।

एक हप्ताको पैदल यात्रा गरेर डोल्पाबासी जुम्लामा खाद्य वस्तुलगायत दैनिक उपभोग्य सामान जोहो गर्न जुम्ला आउनु पर्ने बाध्यता रहेको छ ।