२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश १ को पहिलो बैठक डेढ घण्टा चल्ने, सभामुख र उपसभामुख निर्वाचनको मिति घोषणा


0
Shares

प्रदेशसभाको सभामुखको निर्वाचन भने माघ २९ गते गर्ने सहमति भएको छ । यसैगरी उपसभामुखको निर्वाचन फागुन ३ गते गर्ने निर्णय भएको संघीय संसद् सचिवालयका उपसचिव सहजीत राईले जानकारी दिए ।

प्रदेशसभाको पहिलो बैठकलगायतको विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय समझदारी अनुसार प्रदेशसभा बैठकको कार्यसूची, अन्तरिम कार्यविधि र सभामुख र उप–सभामुखको निर्वाचनको मिति तोक्ने निर्णय भएको उपसचिव राईले जानकारी दिए ।

बैठकले सभामुखको उम्मेदवारी दर्ता माघ २८ गते र उपसभामुखको उम्मेदवारी दर्ता फागुन २ गते गर्ने निर्णयसमेत गरेको छ । यसैगरी सभामुखलाई सहयोग गर्नका लागि पाँच सदस्यीय अध्यक्षता मण्डल गठन गर्ने निर्णय भएको छ ।

अध्यक्ष मण्डलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एक जना रहने छन् । हरेक सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ ।

प्रदेश सभामा सहभागी हुन १४ जिल्लाका सांसद विराटनगर आउने क्रम जारी छ ।