नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नेपाल आउने सम्भावना : प्रदीप ज्ञवाली • Image Khabar Image Khabar


नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नेपाल आउने सम्भावना : प्रदीप ज्ञवाली


Imagekhabar
२१ माघ २०७४, आईतवार १४:४२

नयाँ सरकार बनेलगत्तै भारतीय प्रधानमन्त्री नेपाल आउने सम्भावना : प्रदीप ज्ञवाली

काठमाडौंमा आइतबार गरिएको साक्षात्कारमा सचिव ज्ञवालीले नेपालमा नयाँ सरकार गठनलगत्तै भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने सम्भावना रहेको बताएका हुन् । उनले नयाँ सरकार गठन हुन लागेका बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएर बधाई दिनुले नेपालको सामर्थ्यता बढेको पुष्टि भएको बताए ।

एमाले अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए ।

सचिव ज्ञवालीले नयाँ सरकारसँग अझ बढी घनिष्ठ सम्बन्ध बनाउन भारतले तत्परता देखाएको भन्दै आफ्नो विदेशमन्त्रीलाई पठाएर भारतले सहयोग गर्न तयार रहेको सन्देश दिएको जिकिर गरे ।

भारतीय विदेशमन्त्रीको भ्रमणको विषयलाई लिएर नकारात्मक टिप्पणी गर्न आवश्यक नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्