१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, मंसिर २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोस्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानुनविपरीत भएको उल्लेख छ ।

आयोगले गत असोज ९ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएको थियो ।

सो निवदेनमाथि यही मंसिर २४ गते पेसी तोकिएको छ । रासस