प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन • Image Khabar Image Khabar


प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन


Imagekhabar
२१ माघ २०७४, आईतवार १७:२०

प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक सम्पन्न, माघ २९ मा सभामुख निर्वाचन

बैठकले सभामुख र उपसभामुख चयन नहुँदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा माया भट्ट, देवराज पाठक, विरमान चौधरी, पुर्णा जोशी र कृष्णबहादुर चौधरी रहेका छन् ।

ज्येष्ठ सदस्य दिश्यश्वरी शाहको अध्यक्षता बसेको पहिलो बैठकले प्रदेश सभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि समेत पारित गरेको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका प्रदेश सदस्यहरुले धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्दै एमालेका प्रकाश शाह, माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै त्यहाँका सबैखाले सम्भावनाहरुको अध्ययन गरी योजना बनाउनु पर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिको सभा हलमा प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्