१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त : गौतम


0
Shares

bamdeb gautam ncp member of national assembly

काठमाडौंमा प्रेस चौतारी नेपालको २० औं स्थापना दिवससम्बन्धी कार्यक्रममा गौतमले एमाले र माओवादी केन्द्रको पार्टी एकता नचाहने तत्वहरु एकता भाँड्न जुटिरहेको आरोप पनि लगाए ।

उनले अबको प्रधानमन्त्री केपी ओली नै हुने प्रष्ट पारे ।

उपाध्यक्ष गौतमले प्रक्रिया फरक रहे पनि मार्क्स र लेनिनले विकास गरेको समाजवादमा रहेर देश निर्माण हुने बताए ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुक संक्रमणबाट स्थायी विकासको मार्गमा लम्केकाले अब कम्युनिष्टहरुले पाँच वर्षमात्र नभएर लामो समय शासन गर्ने जिकिर गरे ।

कार्यक्रममा स्तम्भकार कृष्णमुरारी भण्डारी, रेडियो अभियन्ता रघु मैनाली लगायतलाई पुरस्कृत गरिएको थियो ।