Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सुरक्षा घेरामा पत्रकार सम्मेलन गर्दै नेपालमा एउटैमात्र ओलम्पिक कमिटी रहेको दावी


0
Shares

ओलम्पिक कमिटीको भवनमा सुरक्षा घेराबीच पत्रकार सम्मेलन गरी कार्यवाहक अध्यक्ष किशोरबहादुर सिंहले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफू आधिकारिक भनी दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेकाले आफूहरु नै आधिकारिक भएको बताए । उनले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ पनि राणा नेतृत्वकै कमिटीको पहलमा गर्ने ठोकुवा गरे ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र एसियाली ओलम्पिक काउन्सिल (ओसीए)ले भने श्रेष्ठ नेतृत्वकै ओलम्पिक कमिटीलाई मान्यता दिँदै आएको छ । २०६५ सालदेखि ओलम्पिकको विवाद चर्किए पनि अन्तर्राष्ट्रिय मान्यता पाउने श्रेष्ठ नेतृत्वबाटै कामहरु सञ्चालन हुँदै आएका छन् ।

यता, २०६८ सालमा धु्रबहादुर प्रधान नेतृत्वको कमिटीले बनाएको ओलम्पिकको भवन गत वर्षको माघ १० गतेदेखि राणा पक्षको कब्जामा छ । पत्रकार सम्मेलन भने जिल्ला प्रशासनको निर्देशन अनुसार भवन बाहिरै बसेर गर्न बाध्य भएका छन् ।

जीवनराम श्रेष्ठ नेतृत्वको टिमले भवनको क्यान्टिनमै रहेर कामहरु सञ्चालन गरिरहेको छ । कार्यकारी अधिकृत सुजनलाल श्रेष्ठले क्यान्टिनमा बसेर काम गर्न अप्ठेरो नभए पनि विदेशबाट डेलिगेट्स आउँदा भने सत्कार गर्न समस्या हुने बताए ।

Skip This