१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


वैदेशिक शिक्षाको विचौलियालाई निरुत्साहित गर्न ‘एडमिट मी’ एप सार्वजनिक


0
Shares

‘एडमिट मी’ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अमेरिका र क्यानडा अध्ययनमा जान परामर्श दिने विचौलिया न्यूनिकरणका लागि एप सार्वजनिक गरिएको आयोजकले जनाएको हो ।

एपले विगत ५ वर्षको तथ्याङ्कलाई आधार मानेर विद्यार्थीका लागि ५ उत्कृष्ट विश्वविद्यालय पत्ता लगाउन मद्दत गर्ने ‘एडमीट मी’का प्रमुख कार्यकारी अधिकृत उपाजी गारुले बताए ।

जीआरईका आधारमा उच्च छात्रवृत्ति पाउने विश्वविद्यालयको खोजीमा समेत एपले सहयोग पु¥याउने गारुको दावी छ । विश्वविद्यालयको खोजीका लागि वैदेशिक शिक्षा सम्बन्धी विचौलिया आवश्यक नरहेको उनिहरुको भनाइ छ ।