२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौंमा जम्मु कश्मीर एकता दिवस मनाइयो


0
Shares

जम्मु र कश्मीरी जनताको एकताको पक्षकालागि फेब्रुवरी ५ मा यो दिवस मनाईएको हो ।

पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मंजहर जामेद्ले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउदै कश्मीरमा मानव अधिकार उल्लंघन भएको घटनाप्रति खेद व्यक्त गरे ।

कश्मीर मुसलमानहरुको बाहुल्य क्षेत्र भएकाले त्यहाँ मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै उनले रोक्न आग्रह गरे ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति माजमुन हुसैनको सन्देश पढेर सुनाइएको थियो ।

नेपाल र पाकिस्तानको सम्बन्ध अझ प्रगाढ हँुदै गएको भन्दै पाकिस्तानले नेपालको विकासमा जस्तोसुकै सहयोग गर्ने सन्देशमा भनिएको छ ।