१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘फ्रि भिसा र फ्रि टिकट’ समीक्षा गर्न सुझाव


0
Shares

नेपाल सरकारको निमन्त्रणमा आप्रवासीको अध्ययन गर्न आएका माराल्स्ले सातओटा देशसँग नेपालले गरेको ‘फ्रि भिसा र फ्रि टिकट’ सम्झौतालाई समीक्षा गर्न पनि सुझाव दिएका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीसम्बन्धी कानुनको रक्षा र लागू गर्न आवश्यक रहेको उल्लेख गर्दै माराल्स्ले यसको कार्यान्वयन र अनुगमनको चुनौती कायमै रहेको बताए ।

अध्ययनकाक्रममा उनले अनियमित आप्रवासन, महिला आप्रवासन कामदारको अवस्थालाई समयमै सम्बोधन गर्नु आवश्यक रहेको जनाएका छन् ।

वैदेशिक रोजगारीमा जाने महिलाहरुका लागि सरकारले पनि विशेष सुरक्षा दिन आवश्यक रहेको उनले जनाए ।

यस्तै, श्रम सम्झौताकाक्रममा कामको प्रकृति, ज्याला र श्रमको अवस्था स्पस्ट हुनुपर्ने उल्लेख गरिएको छ ।