नेप्से १० अंकले ओरालो « Image Khabar


नेप्से १० अंकले ओरालो



बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर १४ सय विन्दु कायम भएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह रातो रहे । बिमा समूह सबैभन्दा उच्च ८४ अंकले ओरालो लाग्योे । जलविद्युत् समूहमा ३० अंक, लघुवित्त समूहमा १७ अंक अनि विकास बैंक समूहमा पनि १४ अंकको गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ९ लाख १५ हजार कित्ता सेयर ३० करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।