
काठमाडौं । गीतकार पुष्पा खनालले आफ्ना दर्जन गीत तथा कविताहरू फिनल्याण्डको कुपिओमा वाचन गरिन् ।
खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भाषामा यसरी एकल कविता वाचन गरेकी हुन् ।
यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे, दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, मेरो नियति, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् ।
खनालका अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता छन् ।
एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उनले बताइन र् ।
नेपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।
उनको गीत तथा कविता वाचनमा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीतदिएर सहयोग पुर्याएका थिए ।
उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताए ।
कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । कार्यक्रममा ४० बढी फिलिपिन्स र नेपालीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्