१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


थ्रीस्टार बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा


0
Shares

प्रतियोगिताको मंगलबार भएको खेलमा सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

थ्रीस्टारको जितमा खेलको ७औं, ५४औं र इन्जुरी समयमा गोल गर्दै निराजन खड्काले ह्याट्रिक पूरा गरे । थ्रीस्टारका लागि अर्को एक गोल खेलको ३७औं मिनेटमा सुनिल बलले गरे ।

खेलको ‘म्यान अफ द म्याच’ ह्याट्रिक गरेका थ्रीस्टारका निराजन खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलमा विजयी हुँदै संकटा क्लब, भारतको दुर्गापुर स्टिल क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

प्रतियोगिताअन्तर्गत् बुधबार संकटा र पुलिस क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।