२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


प्रदेश नम्बर १ मा दुई सिटका लागि मतदान हुँदै


0
Shares

जसमा प्रदेश सभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष २ सय ७३ जना छन् । विराटनगरको बीरेन्द्र सभागृह मतदान स्थलमा मतदान भइरहेको हो ।

मतदानमा स्वस्तिक चिह्नको साटो रेजा चिह्न लगाएर भोट हालिएको हो ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उप–प्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ भने मतपत्र नै पनि फरक छ ।

हरियोमा प्रदेशसभा सदस्य तथा रातो मतपत्रमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले भोट हाल्ने व्यवस्था मिलाइएको छ ।

यस प्रदेशबाट राष्ट्रियसभा चुनावमा ६ जना निर्विरोध निर्वार्चित भइसकेका छन् ।

३ जना महिला समूह र ३ जना अन्य समूहबाट निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित भएकामा महिला कोटाकी एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाई छन् ।

अन्य समूहबाट निर्वाचित भएकामा एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण सिवाकोटी र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् ।

यस प्रदेशमा अल्पसंख्यक वा दलित र अपाङगता भएका समूहमा मात्र निर्वाचन गर्न लागिएको हो ।