
सबै जिल्लाका प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरप्रमुख र उपप्रमुख गरी २२९ जनाले मतदानमा भाग लिइरहेको मूख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिएका छन् ।
मतदान स्थल क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । यहाँबाट महिला समूहका तीन र अन्य समूहका तीन गरी छ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
दलित र अल्पसंख्यक÷अपांगतर्फ सदस्य चुन्न मतदान भइरहेको हो । दुई पदका लागि दुई÷दुई जनाले उम्मेदवारी दिएकाले मतदान भएको हो ।
दलिततर्फ कांग्रेसबाट सेरीराम पार्टी र एमालेबाट चक्रप्रसाद स्नेही तथा अल्पसंख्यक÷अपांगतर्फ कांग्रेसका छत्रराज जोशी र माओवादी केन्द्रका महेशकुमार महराबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्