
स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शतप्रतिशत मतदान गरेका छन् भने प्रदेशसभाका ५१ जना सदस्यले मतदान गरेका छन् ।
स्थानीय तहका १७६ र प्रदेशसभाका सदस्य ५३ जना गरी कुल २२९ जना मतदाता रहेका थिए ।
डोटीमा भएको मतदानमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट कैलालीबाट निर्वाचित दुईजना सांसद अनुपस्थित रहे । राजपाका प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती रानाथारुले मतदान नगरेका हुन् ।
बुधबार सम्पन्न निर्वाचनमा यहाँ दुई पदका लागि वाम तथा लोकतान्त्रिक गठबन्धनका चारजना उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ । दलित तथा अपांगता/अल्पसंख्यकतर्फका उम्मेदवारकाबीच प्रतिस्पर्धा रहेको हो ।
दलिततर्फ नेपाली कांग्रेसका शेरीराम पार्की र नेकपा एमालेका तर्फबाट चक्रप्रसाद स्नेहीबीचमा प्रतिस्पर्धा छ । अपांगता भएका तथा अल्पसंख्यकमा कांग्रेसका छत्रराज जोशी र माओवादी केन्द्रका महेशकुमार महराबीच प्रतिस्पर्धा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्