Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


सौराहा फुड फेस्टिभलमा रुपन्देहीबाट पर्यटक ओइरिने विश्वास


0
Shares

प्रचारप्रसारकाक्रममा बुधबार बुटवल आइपुगेको क्षेत्रीय होटल संघ (रेवान) सौराहाको टोलीले पत्रकार सम्मेलन गरी रुपन्देहीवासीलाई निम्तो दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रेवान केन्द्रीय उपाध्यक्ष तथा सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्टले विगतमा पनि यस जिल्लाबाट आन्तरिक पर्यटकहरु आउने गरेको भन्दै यो वर्ष पनि उत्तिकै मात्रामा आन्तरिक पर्यटकहरु आउने विश्वास व्यक्त गरे ।

रेवान सौराहा अध्यक्ष गोकर्ण गिरीले योपटकको फेस्टिभलमा केही फरकपन दिइएको दाबी गरे ।

उनले प्रणय दिवसमा मानिसलेमात्रै मनोरन्जन लिने गरेकोले योपटक सौराहामा रहेका हात्तीहरुलाई सामूहिक पिकनिकको कार्यक्रम राखिएको जानकारी दिए ।

१२औं संस्करणको सौराहा फुड फेस्टिभलमा आन्तरिक पर्यटकहरुलाई सौराहामा निम्ता बाँड्दै सौरेली रेवान टोली देशदौडाहमा निस्किएको हो ।