१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


प्रदेश नम्बर ५ का राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र प्रदान


0
Shares

निर्वाचन अधिकृत हेमन्त रावलले दाङ देउखुरी जिल्ला अदालत परिसरमा निर्वाचित सबै सदस्यलाई टीका र खादा लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।

प्रदेश ५ मा एमालेले चार, माओवादी र कांग्रेसले दुई/दुई सदस्य जितेका छन् ।

निर्वाचित एमालेका खिमलाल भट्टराई, कोमल ओली, मीना बुढा र रामलखन चमार, कांग्रेसका दुर्गाप्रसाद उपाध्याय र अनिता देवकोटा एवं माओवादी केन्द्रका चन्द्रबहादुर खड्का र राजकुमार कुँवरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निर्वाचन कार्यालय प्रमुख विजयकुमार कार्कीले बधाई तथा शुभकामना दिएका थिए ।