२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


जीवन कथामा आधारित सनुपको गीतमा श्रीमती र छोरीले दिए साथ(भिडियो)


0
Shares

ओजनदार गीतहरु लेखनमा माहिर मानिएका गीतकार मनिष बासिष्ठका शब्द सृजनामा तयार भएको गीतमा सनुपको अर्थपूर्ण जिन्दगी र उनको गायकीलाई बडा कलात्मक ढंगले समेटिएको छ ।

सनी सुमनको संगीतको मेलोडी र शब्दको भावले सजिलै प्रभाव पार्ने क्षमता बोकेको गीतले संगीत प्रेमीहरु माझ एउटा छुट्टै छाप छोड्न सफल भएको छ ।

अल्मोडा राना उप्रेतीले एरेन्ज गरेको गीतको भाव अनुसार नै भिडियोमा पनि सनुप र उनको जीवनमा केन्द्रित गरिएको छ ।

रुशील अमात्यले निर्देशन् गरेको भिडियोमा सनुपलाई आफ्नै श्रीमती र छोरीले साथ दिएका छन् ।

(भिडियो)