
आयोगले यसअघि राजनीतक दलहरुले आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सदस्यहरुको सिफारिस गर्न दलहरुलाई पत्राचार गर्न लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दहरुलाई तीन दिनको समय दिएर सदस्यहरु सिफारिस गर्न पत्राचार गर्ने जानकारी दिए ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७४ अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम एक साताभित्र राष्ट्रपतिसमक्ष बुझाउने जनाएको छ ।
आयोगले ढिलोमा फागुन ५ गतेभित्र निर्वाचनको सम्पूर्ण मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्