कांग्रेस बैतडीको उपसभापतिमा चन्द • Image Khabar Image Khabar


कांग्रेस बैतडीको उपसभापतिमा चन्द


Imagekhabar
२५ माघ २०७४, बिहीबार २०:२०

कांग्रेस बैतडीको उपसभापतिमा चन्द

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उपसभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिए ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधित सहित)को दफा १० को २ क(३) बमोजिम जिल्ला कार्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ ।

कांग्रेस बैतडीको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको दुई वर्षसम्म पनि पूर्ण हुन नसकेको अवस्था तथा बैतडीमा कांग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उपसभापतिमा मनोनीत गरिएको जिल्ला सभापति थापाले बताए ।

उपसभापतिमा मनोनीत चन्द यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्